धनगढी उपमहानगरमा १३५३ मतगणना गर्दा कसको मत कति  ?

युग संवाददाता     681 पटक पढिएको    


धनगढी बैशाख ३१  सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्। १ हजार 
 तिन सय ५३ मतगणना हुँदा हमालले ६१८ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३९८ नेकपा एमालेका रणबहादुर चन्दले ५३ मत पाएका छन्।

मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ। उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तारजाली बाहिरबाट मतपत्र हेर्ने व्यवस्था मिलाएको छ।

चासोको साथ हेरिएको उपमहानगरपालिको मतगणनास्थल बाहिर पनि कडा सुरुक्षा व्यवस्था गरिएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।



शनिबार ३१, बैशाख २०७९ ११:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal