बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ

युग संवाददाता     848 पटक पढिएको    

बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ

बाजुरा माघ २६ । बाजुरामा बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन । पक्राउ पर्नेमा कन्चनपुर शुक्लाफाटा नगरपालिका वडा ८ स्थित झालारी घर भई बाजुराको सेती, कर्णाली एकेडेमी बोड्रिङ स्कुलमा अध्यापन गराउदै आएका शिक्षक भिम ठगुन्ना रहेका छन।

उनले राती होटलमा सुतीरहेकी एक बालिकालाई जवर्जस्ती करणी गरेको भन्दै आफन्तले मुद्धा दिएपछी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनलाइ प्रहरीको अनुसन्धान पछि पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनलाई माघ २३ गते पक्राउ गरी जिल्ला अदालतमा म्याद थपेर जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 



बुधबार २६, माघ २०७८ ०२:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal