बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो

अझै पनि उक्त दुर्घटनामा परी १८२ व्यक्ति वेपत्ता

Yugnepal     809 पटक पढिएको    

बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो

रियो डे जानेरो २५ माघ 
सिन्ह्वा  ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउनेबाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो बताइएको छ । 

अझै पनि उक्त दुर्घटनामा परी १८२ व्यक्ति वेपत्ता रहेका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो विवरण सार्वजनिक गरिएको छ । 

शुरुमा करिब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो । बेपत्ता भएका व्यक्तिका शव फेला पर्दै गएपछि सो सङ्ख्या १५७ पुगेको र १८२ बेपक्ता रहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

यस घटनामा फसेका करिब १९२ व्यक्तिलाई जिवीतै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फभिओ गडइनडोले बताउनुभएको थियो । 

बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका करिब ३९ हजार जनसङ्ख्या प्रभावित भएका छन् । बाँध भत्किएको यस इलाकामा करिब चार सय उद्धारकर्ता लगातार उद्धारकार्यमा लागिपरेका बताइएको छ । 

उद्धार प्रयास निरन्तर भइरहेको भए तापनि घटनामा परेका व्यक्ति जीवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताउनु भएको छ । 

यहाँको एक ठूलो बाँध फुटेर एक्कासी ठूलो मात्रामा शहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो । 

त्यस बाढीले केहीलाई बगाएको र कतिपय डुबेर पुरिएका थिए । यस बाँधका कारण निकै ठूलो संख्याका नागरिक प्रभावित भएका अधिकारीले जनाएका छन् । 



शुक्रबार २५, माघ २०७५ ०४:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal