निजामती कर्मचारी युनियन कैलालीको अध्यक्षमा जोशी

युग संवाददाता     741 पटक पढिएको    

निजामती कर्मचारी युनियन कैलालीको अध्यक्षमा जोशी

धनगढी १७ पुस  नेपाल निजामती कर्मचारी युनियन कैलालीको अध्यक्षमा पुन खेमराज जोशी निर्वाचित भएका छन ।

शुक्रबारदेखि शुरू भएको ९औं महाधिवसनले शनिबार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा प्रकाश भट्ट, महिला उपाध्यक्षमा रेखा जोशी, समावेशी उपाध्यक्षमा राधाकृष्ण चौधरी, सचिवमा निर्मल देउवा, कोषाध्यक्षमा पूर्णान्नद भट्ट र सह सचिवमा लोकराज दाहाल सर्वसम्मत चयन भएका हुन ।
यस्तै सदस्यमा झपिराज ओझा,मोहनदेव भट्ट, मेवालाल चौधरी, ऐनबहादुर सिंह, महिला सदस्यमा कुन्ता भण्डारी र भागरथी ओझा चयन भएका छन ।

समावेशी सदस्यमा जयराज जोशी र प्रकाश विक चयन भएका छन भने मनोनित सदस्यमा गोपाल रोकाया र पार्वती चौधरी रहेका छन । यस्तै जीवराज पण्डित, शिवराज ओझा, त्रयलोक जोशी, सुरेश रोकाया र नारद प्रसाद भट्ट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन ।



शनिबार १७, पुष २०७८ ०६:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal