गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरी ‘तमु ल्होसार’ मनाउँदै

युग संवाददाता     832 पटक पढिएको    

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरी ‘तमु ल्होसार’ मनाउँदै
तस्बिर– फाइल

 


काठमाडौं १५ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । 

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य रुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
 
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले मात्र सार्वजनिक बिदा दिने गरेका थिए । 



बिहिबार १५, पुष २०७८ ०२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.