सुदूरपश्चिम प्रदेश सदस्यमा  डोटेली कान्छाले खसआर्य कोटामा दिए उम्मेदवारी

युग संवाददाता     935 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सदस्यमा  डोटेली कान्छाले खसआर्य कोटामा दिए उम्मेदवारी

धनगढी  मंसिर १७ नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सदस्य पदमा कलाकार सुरत रावत डोटेली कान्छा ले खसआर्य कोटामा उम्मेदवारी दिएका छन्। कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत कैलालीको धनगढीमा आजबाट सुरू भएको सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले प्रदेश सदस्य खस आर्य पदमा उम्मेदवारी दिएका हुन्। उनी कांग्रेसको सुभेच्छुक संगठन नेपाल सांस्कृतिक कलाकर्मी संघका केन्द्रीय उपाध्यक्ष, भ्रातृ संगठन नेपाल सांस्कृतिक संघका कैलाली अध्यक्षसमेत हुन्। 
  साथै रावत नेपाल साँस्कृतिक कलाकर्मी संघ कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै सुदूरपश्चिमका ९ वटै जिल्लामा संगठन बिस्तारमा आफ्नो ब्यक्तिगत खर्चगरि आफ्नो एकल प्रयास संगठन निर्माण गर्ने  ब्यक्ती हाल पार्टीको नेपाल साँस्कृतिक कलाकर्मी संघका केन्द्रीय उपाध्यक्ष समेत हुन । 

पार्टीका हरेक बिरोध सभाहरु देखि हरेक तहका पार्टीका नेता उम्मेदवार लाई आम निर्वाचनमा जिताउन सुदूरका अधिकांश जिल्लामा संगीतका माध्यमले जिताउन प्रयत्नन गरेका थिए ।

जन आन्दोलन २०६२र६३ मा सक्रिय भुमिका निर्वाह गर्नुका साथै २०६४ देखि यताका हरेक निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन उल्लेख्य भुमिकामा निर्वाह गरेका छन् ।  उनले नेपाली काङ्ग्रेस स्वयं र पार्टीका विभिन्न भातृ शुभेच्छुक संघले गरेका रचनात्मक र संगठनात्मक रूपमा सक्रिय सहभागी रहेको छ । 


नेपाली काङ्ग्रेस स्वयं र पार्टीका विभिन्न भातृ शुभेच्छुक संघले गरेका रचनात्मक र संगठनात्मक रूपमा सक्रिय सहभागी जनाउने ब्यक्ती ।



शुक्रबार १७, मङि्सर २०७८ ०८:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal