आजदेखि काँग्रेसको पहिलो प्रदेश अधिवेशन शुरु

युग संवाददाता     496 पटक पढिएको    

आजदेखि काँग्रेसको पहिलो प्रदेश अधिवेशन शुरु

 


धनगढी मंसिर १६   नेपाली काँग्रेसको १४ औं महाधिवशेनका शिलशिलामा आजदेखि सुदूरपश्चिम प्रदेशको पहिलो अधिवशेन आरम्भ हुदैछ ।

धनगढीमा हुने पहिलो अधिवेशनको दिउसो पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भच्र्युअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको अधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ ।

उद्घाटन कार्यक्रममा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।सशांक कोइराला लगायतका शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अधिवशेन मुल व्यवस्थापन समितिका संयोजक तथा कैलाली काँग्रेस सभापति नरनारायण शाहले प्रदेशको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताए ।

प्रथम प्रदेश अधिवेशनमा प्रदेशका नौ जिल्ला र ३२ प्रदेश सभा निर्वाचन क्षेत्रबाट गरी नौ सय ७२ जना प्रतिनिधिले भाग लिने जनाइएको छ ।
अधिवेशन उद्घाटन कार्यक्रमसंगसगै चुनावी प्रक्रिया पनि अघि बढाइने व्यवस्थापन समितिले जनाएको छ । आज ९बिहीबार० बिहान नौ बजेदेखि केन्द्रीय कार्यसमितिले तयार गरेको कार्यतालिका अनुसार मतदाता नामावाली प्रकाशन गरिने छ ।

भने भोली ९शुक्रबार० मनोनयनपत्र दाखिला प्रक्रिया अघि बढाइने छ । काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति पदाधिकारीसहित ५१ सदस्यीय हुने व्यवस्था गरिएको छ ।



बिहिबार १६, मङि्सर २०७८ ०१:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal