प्रदेश सदस्यमा बालकुमारी सुनारद्वारा उम्मेदवारी घोषणा

Yugnepal     539 पटक पढिएको    

प्रदेश सदस्यमा बालकुमारी सुनारद्वारा उम्मेदवारी घोषणा

बौनिया,कैलाली । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि सुदुरपश्चिम प्रदेश सदस्य पदमा कैलालीको बर्दगोरियाबाट बालकुमारी सुनारले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यही मंसिर १६ देखि १८ गतेसम्म कैलालीको धनगढीमा हुन लागेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेश अधिवेशनमा प्रदेश सदस्य पदमा आफ्नो उम्मेदवारी रहेकाले अमूल्य मत दिई विजय गराउन हुन सम्पुर्ण प्रदेश प्रतिनिधि, प्रदेश सभापति र क्षेत्रीय सभापतिहरुमा सुनारले अनुरोध गर्नु भएको छ ।

नेपाली राजनीतिमा युवा पुस्ताको सहभागिता र समृद्धि सहित आमूल परिवर्तनका निम्ति सधै निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै उहाँले उम्मेदवारी घोषणा गर्नु भएको हो ।

नेपाली काँग्रेसको सक्रिय राजनीति मात्र नभएर उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै अग्रपंक्तिमा देखिनु हुन्छ । नेपाली काङ्ग्रेस बर्दगोरियाकी महिला नेतृ सुनार विगत लामो समयदेखि विभेद मुक्त समाज निर्माणको लागि बुलन्द आवाज उठाउदै आउनु भएको छ । निकै अनुशासित, लगनशील ,सहयोगी र सामाजिक न्यायका लागि समेत एक सक्रिय र शसक्त महिला नेतृका रुपमा चिनिनुहुन्छ ।



बुधबार १५, मङि्सर २०७८ ०४:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.