वडा सभापतिमा शालिकभान रावलको प्यानल  निर्वाचित

युग संवाददाता     519 पटक पढिएको    

वडा सभापतिमा शालिकभान रावलको प्यानल  निर्वाचित


 कार्तिक २८

अत्तरिया नेपाली कांग्रेस गोदावरी नगरपालिका – ४ को वडा सभापतिमा शालिकभान रावल निर्वाचित भएका छन । उनले प्रतिद्धन्दी शोवान सिह मल्ललाई पराजित गर्दै वडा सभापतिमा निर्वाचित भएका हुन । विजयी रावलले १ सय ३२ मत ल्याउँदा उनका प्रतिनिधि मल्लले ९५ मत ल्याएका थिए ।

उपसभापतिमा रावल प्यानबाटै खडक बहादुर मल्ल र कमल बहादुर धामी, सचिवमा यज्ञराज जोशी र बम बहादुर महरा त्यस्तै सहसचिवमा हेमन्त गुरुङ र मान बहादुर साउद निर्वाचित भएका छन ।


निर्वाचन अधिकृत शिवराज जोशीका अनुसार वडामा वडा प्रतिनिधि र क्षेत्रिय प्रतिनिधि रावल प्यानलबाटै विजयी भएको बताए  ।



आइतबार २८, कार्तिक २०७८ ०१:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.