लगातार वर्षा बाढी–पहिरोले डोटीमा ९ जनाको मृत्यु

युग संवाददाता     444 पटक पढिएको    

लगातार वर्षा बाढी–पहिरोले डोटीमा ९ जनाको मृत्यु


डोटी कात्र्तिक २  लगातारको वर्षा, हुरीबतास र बाढी–पहिरोका कारण डोटीमा ९ जनाको मृत्यु भएको छ। भने, एक जना बेपत्ता भएका छन्। सायल गाउँपालिका वडा नं ६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा पहिरो खस्दा उनका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशीषको मृत्यु भएको प्रहरीले बताएको छ। यस्तै जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएका प्रहरीले बताएको छ। जोरायलको वडा नम्बर ३ का ६२ वर्षीया जोगी सार्कीको पहिरोमा परी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।  

जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराको भनाइ अनुसार जोगी सार्कीकी श्रीमतीको उपचारका क्रममा स्थानीय पोलीक्लिनिकमा मृत्यु भएको बताएकी छन्। त्यस्तै जोरायल गाउँपालिकाको वडा म्बरं ४ मा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। सइकडा खोलामा आएको बाढीले घर भत्काउँदा ४२ वर्षीय सेरबहादुर बिक, उनको छोरा १८ वर्षीय मोहन, १३ वर्षीया पबित्रा बिक र १६ वर्षीय रबिन बिकको मृत्यु भएको जिल्ला प्रहरी डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए।


त्यस्तै शिखर नगरपालिका वडा नं ११ की ३५ वर्षीया मन्दरा बलायरको पहिरोबाट खसेको ढुंगा टाउकामा लागेर मृत्यु भएको छ। घाइते भएकी बलायरको उपचारका क्रममा सुजंग अस्पतालमा मृत्यु भएको थियो। प्रहरीका अनुसार सायल गाउँपालिकाको वडा नम्बर १ मा छत्रेश्वर खोलाले बगाउँदा ७४ वर्षीय बिरे रोकाया बेपता भएका छन्। उनीहरूको अस्थायी प्रहरी पोष्ट छपालीको प्रहरी टोलीले खोजबिन गरिरहेको जनाएको छ। यस्तै डोटीमा बिभिन्न ठाउँका ६५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन ।



मङ्गलबार ०२, कार्तिक २०७८ १०:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.