मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

युग संवाददाता     845 पटक पढिएको    

मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग


       धनगढी असोज ८ गौरीगंगा नगरपालिका वडा न ६ कठौती निवासी मिनबहादुर बोगटीले आफ्ना बुवा स्वर्गिय शेर बहादुर बोगटी र आमा स्वर्गिय बिन्द्रा देवी बोगटी पुण्य तिथिको अवसरमा खाद्यान्न सहयोग गरेकाछन् । 
     शुक्रबार धनगढी उपमहानगरपालिका वडा न ५ तारानगर स्थित मानव सेवा आश्रममा दानबिर मीन बहादुर बोगटीका स(परिवार सहित उपस्थित भएर खाद्यान्न बितरण गर्नु भएको थियो । खाद्यान्न हस्तान्तरण  गर्दै  बोगटीले पुण्य कमाउन कुनै धाम जानू भन्दा  बेसहारा,अशक्त, असहाय, अनाथ सडक आश्रीतहरुका लागि केही सहयोग गर्न सके भने त्यो नै पुण्य भएको महसुस गर्दै आफुले आज बुवा आमाको पुण्य तिथीमा मानव सेवा आश्रमका संरक्षक सिद्धराज परेरू लाई हस्तान्तरण गरेको बताउनु भयो । 
    समाजसेवी मीन बहादुर बोगटीले १ क्विन्टल चामल ,५ केजी दाल ,७० वटा जुस ,५ लिटर तेल ,५ केजी आलु,२ केजी स्याउ ,३ पोका नुन ,१ दर्जन नुहाउने साबुन 
,१२ दर्जन लुगा धुने साबुन ,धनिया ,जिरा  मसला लगायत खाद्यान्न सामान हस्तान्तरण गर्नु भएको छ । सो अवसरमा समाजसेवी दान बहादुर कुवँरले पनि आफ्नो आमा बुवाको सम्झनामा  ११११ रुपैयाँ दान हस्तान्तरण समेत गर्नु भएको थियो । हस्तान्तरण कार्यक्रममा कैलाली उद्योग बाणिज्य संघका सचिव समाजसेवी सिद्धराज पनेरु , समाजसेवी दानबहादुर कुवँर, हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका अध्यक्ष समाजसेवी सुरत रावत डोटेली कान्छा , समाजसेवी हेमन्त जोशी लगायतको उपस्थिति रहेको थियो ।



शुक्रबार ०८, असोज २०७८ ०४:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal