सरकारमा नजाने माधव पक्षको निर्णय

युग संवाददाता     798 पटक पढिएको    

सरकारमा नजाने माधव पक्षको निर्णय

 

काठमाडौंः नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीमा गठित एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई नै एकताको आधार ठहर्‍याएको छ।

दुई दिनसम्म चलेको केन्द्रीय समिति वैठक आज ४ बुँदे निर्णय गर्दै सम्पन्न भयो। बैठकपछि पत्रकारसँग बोल्दै स्थायी कमिटी सदस्य नेता रघुजी पन्तले आफ्नो समूह सरकारमा नजाने बताए।

बैठकले आजसम्म भएका सबैखाले सहमतिलाई आधार मानेर एकताप्रक्रिया अझ परिष्कृत बनाउने र संवादलाई निरन्तरता दिने निर्णय गरेको उनले जानकारी दिए। बैठकले एकता प्रक्रियामा अवरोध हुने गरी पार्टी सदस्यता वितरण र नवीकरण लगायतका सांगठनिक गतिविधि नगर्न समेत संस्थापन पक्षसंग आग्रह गरेको छ।

केन्द्रीय कमिटीको बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। उनीहरूले सम्मानजनक पार्टी एकताको पक्षमा धारणा राखेका थिए।



शुक्रबार २२, साउन २०७८ ०५:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal