धनगढी चैत्र ११ पछिल्लो एक साता यता गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
भारतमा कोरोना संक्रमण फैलिएपछि सीमामा कडाई गरेर चेक जाँच गर्दा ११ जनामा संक्रमण पुष्टि भएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले बताए।
भारतका विभिन्न राज्यमा कोभिड संक्रमण बढेपछि सुदूरपश्चिमका सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर चेक जाँच गर्न थालिएको छ।
प्रतिकृया दिनुहोस