बर्षमा तीन पटक जनताको घरदैलोमा पुग्नुहोस   देउवा

युग संवाददाता     1051 पटक पढिएको    

बर्षमा तीन पटक जनताको घरदैलोमा पुग्नुहोस   देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा बहुमत प्राप्त गरेर प्रधानमन्त्रीसहित पूर्णरूपमा कांग्रेसले सरकार चलाउने दाबी गरेका छन् ।


गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले नेता तथा कार्यकर्तालाई चुनावमा केन्द्रीत हुन निर्देशन समेत दिए ।

देउवाले मध्यावधि निर्वाचनको कुरा फेरि पनि उठिरहेकाले निर्वाचनका लागि जुनसुकै बेला पनि तयार रहन पनि निर्देशन दिए । तरुण विना कांग्रेस बलियो नहुने भएकाले यसको नेतृत्वलाई पूर्णता दिने गरी आफूले काम गरिरहेको बताए ।

जनताको दुःखसुखमा साथ दिएमात्रै कांग्रेसको पक्षमा मत आउने बताउँदै उनले कम्तीमा पनि वर्षको तीनपटक जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।  ‘जनताले भोट नहालेर गत चुनावमा हार व्यहोरेको हौं,’ उनले भने, ‘भाषणले भोट आउँदैन, जनताको घरदैलोमा निरन्तर पुग्नुस् ।’

सहमहामन्त्री डा प्रकाश शरण महतले अंकगणितले मात्रै सरकार बन्ने भएकाले अहिले कांग्रेसको संसदमा प्रतिनिधित्व कम रहेकाले सरकारमा जाने भन्दा चुनावमा केन्द्रीत हुनुपर्ने बताए । विश्वका कयौँ देशमा कम्युनिष्ट कहिल्यै चुनाव नजित्ने भन्दै नेपालमा भने गाइजात्रा भएको टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै तरुण विभागका प्रमुख एवम केन्द्रीय सदस्य शंकर भण्डारीले तरुणका सबै तहमा नेतृत्वले पूर्णता पाउने गरी काम गर्न सभापति देउवासँग आग्रह गरे । 



आइतबार ०८, चैत २०७७ ११:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal