एजेन्सी । इंग्ल्याण्डबिरुद्धको चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भारतलले ८ रनको जित आत्मसाथ गरेको छ । योसँगै शृंखला बराबरी भएको छ र पाँचौं खेल निर्णायक बन्नेछ ।
सूर्यकुमार यादवले अर्धशतक प्रहार गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धरित ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रनको योगफल बनाएको थियो ।
दोस्रो खेलमा ब्याटिङ गर्न नपाएका सूर्यले गएराति ३१ बलमा ६ चौका र ३ छक्कासहित ५७ रनको अर्धशतकीय योगदान गरे।
अघिल्ला २ खेलमा शानदार देखिएका कप्तान विराट कोहली १ रनमै आउट भएपछि सूर्यले पारी संहालेका थिए । उनीबाहेक ऋषभ पन्तले ३० र श्रीयास आयरले ३७ रनको पारी खेलेर उनलाई साथ दिए । इंग्ल्याण्डका जोफ्रा आर्चरले ४ विकेट लिए ।
गुजरातको मोटेरास्थित नरेन्द्र मोदी रंगशालामा जवाफ ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो ।
इंग्लिस ओपनर जेसन रोयले ४० र मध्यक्रममा बेन स्टोक्सले ४६ रन बनाए पनि अन्यले अपेक्षाकृत रन बनाउन सकेनन् ।
भारतका सार्दुल ठाकुरले ३ विकेट लिए । राहुल चहर र हार्दिक पण्ड्याले २(२ विकेट लिए । सूर्यकुमार खेलको म्यान अफ द म्याच बने ।
प्रतिकृया दिनुहोस