देउवा नेतृत्वको सरकार नै सङ्कटको समाधान  गगन थापा

युग संवाददाता     1194 पटक पढिएको    

देउवा नेतृत्वको सरकार नै सङ्कटको समाधान  गगन थापा

सन्जय भट्टराई./ हाम्राकुरा
 

कावासोती  फाल्गुण २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले जसपाको नेतृत्वमा सरकार गठन हुने कुरा हल्ला मात्रै भएको भन्दै नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार चाडै बन्ने बताएका छन् । शनिवार पूर्वी नवलपरासीको हर्कपुरमा फाईन्ट प्रिन्ट फिभरको घुम्ती साहित्यिक कार्यक्रममा आई पुगेका थापाले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। 

पत्रकारहरूसँग कुराकानी गर्दै थापाले भने ूहाम्रो एउटै कुरा सरकारबाट केपी ओलीलाई विस्थापित गर्नु हो, त्यसपछि हामी कांग्रेस नेतृत्वमा सरकार गठनको प्रक्रियालाई अगाडी बढाउँछौ । अन्य दलको या जसपाको नेतृत्वमा सरकार बनाउने कुरा हल्ला मात्रै हुन । 

केपी ओलीको कारणले संविधान र सिङ्गो व्यवस्थामा अविश्वास पैदा हुन लागेको बताउँदै थापाले केपी ओली नेतृत्वको सरकारलाई बिदाइ गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । 

पत्रकारसँग कुराकानी गर्दै थापाले रामचन्द्र पौडेल, शशांक कोइराला र कृष्णप्रसाद सिटौला मिलेर देउवालाई संसदीय दलको नेताबाट हटाउने हल्ला मात्रै भएको बताउँदै देउवा नेतृत्वको सरकार नै अहिलेको सङ्कटको समाधान रहेको बताए ।



शनिबार २९, फागुन २०७७ ०६:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal