कञ्चपुरमा प्रहरी र तस्करबीच दोहोरो भिडन्त  १ जनाको मृत्यु

युग संवाददाता     1032 पटक पढिएको    

कञ्चपुरमा प्रहरी र तस्करबीच दोहोरो भिडन्त  १ जनाको मृत्यु

 


कञ्चनपुर,फागुन २० / कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समुह र प्रहरीविच गोली हानाहान भएको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका ७ टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।

बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले पहिले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कार्बाही स्वरुप गोली चलाएको थियो ।

प्रहरीको टोली सीमा क्षेत्रमा पुग्दा भारतीय तस्करले गोली चलाएको र ‘जवाफी कार्बाहीमा एक भारतीय तस्करको गोली लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले जानकारी दिए ।

मृत्यु हुनेमा जिल्ला पिलिभित थाना हजारा गुदान ४ बस्ने २६ वर्षिय गोबिन्दा सिंह रहेको प्रहरी प्रवक्ता थापाले जनाए । दोहोरो गोली हानाहानमा नेपाल प्रहरी तर्फ एक जना समेत घाईते भएको तथा बाँकी तस्कर भने फरार भएको बताए । ‘हाम्रो प्रहरीको पनि एक जनाको खुट्टामा चोट लागेको छ, ‘उनले भने, ‘घटना बारे थप बुझ्न आफै घटना स्थल जाँदैछु ।’

प्रहरी प्रवक्ता थापाका अनुसार भारतीय तस्करले नेपालमा लागु औषध ल्याउन लागेको सूचना आएपछि त्यसतर्फ नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो। प्रहरीले घटना स्थलबाट लागु औषध सहित नक्कली नोट बनाउने मेसिन समेत बरामद गरेको छ ।



शुक्रबार २१, फागुन २०७७ ११:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal