प्रचण्ड नेपाल पक्षले दलको नेताबाट ओली र उपनेता नेम्वाङलाई हटायो

युग संवाददाता     701 पटक पढिएको    

प्रचण्ड नेपाल पक्षले दलको नेताबाट ओली र उपनेता नेम्वाङलाई हटायो

 

 फाल्गुण १९ 


काठमाडौं । बुधबार अपरान्हबाट शुरु भएको नेकपा प्रचण्ड(नेपाल पक्षको केन्द्रीय समिति बैठकले सुवास नेम्वाङलाई दलको उपनेताबाट निलम्बन गर्ने तयारी गरेको छ ।


नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको स्रोतले जानकारी दियो ।


त्यस्तै बैठकले दलको नेताबाट केपी ओली, उपनेताबाट नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारबाट हटाउने भएको हो ।

पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले दलको नेता, उपनेता र सचेतक परिवर्तन गर्ने प्रस्ताव अघि बढाएको थियो ।

त्यस्तै ओलीबाट मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने भएको छ ।

बैठकले सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, गोकुल बाँस्कोटा, महेश बस्नेत, कर्ण बहादुर थापालगायतलाई पनि केन्द्रीय सदस्यबाट निष्कासन गर्ने भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । 



बुधबार १९, फागुन २०७७ ०५:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.