निर्वाचन आयोगलाई पत्र लेख्ने प्रचण्ड–नेपाल समूहको निर्णय

युग संवाददाता     676 पटक पढिएको    

निर्वाचन आयोगलाई पत्र लेख्ने प्रचण्ड–नेपाल समूहको निर्णय

बाह्रखरीबाट 

काठमाडौं 17 । निर्वाचन आयोगले आधिकारिकता निरूपण गर्न ढिलासुस्ती गरेको भन्दै नेकपाको विभाजित प्रचण्ड–नेपाल समूह आक्रोशित बनेको छ । आजको सचिवालय बैठकले आयोगलाई पुनः ध्यानाकर्षण गराउने निर्णय गरेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

निर्वाचन आयोगले बहुमत पक्षलाई आधिकारिकता दिन आनाकानी गरे केन्द्रीय सदस्यसहित उपस्थित हुने उनीहरूको तयारी छ । त्यसको लागि प्रचण्ड–नेपाल समूहले बुधबार केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।

त्यसपूर्व निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने र त्यसका लागि पत्र लेख्ने निर्णय भएको खनालको भनाइ छ । “आयोगको ढिलासुस्तीप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी पुनः छिटो निरुपण गर भनेर आग्रह गर्न चाहन्छौँ,” उनले  भने, “पुनः पुष्टिका लागि पत्र लेख्ने तयारी गरिरहेका छौँ ।” योसहित प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई आधिकारिकता दाबी बुझाएको तेस्रोपटक हुनेछ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि प्रचण्ड–नेपाल समूहले त्यही दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्षबाट हटाउन केन्द्रीय कमिटीसमक्ष सिफारिस गरेको थियो । पुस ७ गते सोको जानकारी निर्वाचन आयोगलाई दिएको थियो । पुस १० गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर आधिकारिकता निरुपण गरिदिन आग्रह गरेका थिए ।



सोमबार १७, फागुन २०७७ ०४:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.