धनगढीमा अपोलो टायरको विक्री वितरण सुरु

युग संवाददाता     1069 पटक पढिएको    

धनगढीमा अपोलो टायरको विक्री वितरण सुरु

 
धनगढी  फाल्गुन १०
सुदूरपश्चिममा पहिलो पटक धनगढीमा अपोलो टायरको विक्री वितरण सुरु गरेको छ। सुदूरपश्चिममा अपोलो टायरको आवश्यकतालाई पूर्ति गर्ने उदेश्यले राजेश भण्डारी र मोहनराज शर्माको संयुक्त लगानीमा अपोलो टायरको विक्री वितरण सुरु गरेका हुन्।

   

धनगढीको चटकपुरमा एक करोडको लगानीमा सुरु गरेको टायर हाउसको एक समारोहकाबीच उद्यमी गोपाल हमालले रिवन काटेर उद्घाटन गरे। सञ्चालक राजेश भण्डारीले अन्य कम्पनीको टायर भन्दा अपोलो टायर भारतको भएकाले बढी गुणस्तरीय भएको दावी गरे।

  
यस्तै मोहन राज शर्माले महेन्द्र टायर हाउस ट्रेडर्सबाट अपोलोका टायर होलसेल र खुद्रामा ग्राहकले पाउन सक्ने बताए। अपोलो टायर बुढेशकालको साहराका रुपमा लिने गरेको र नयाँ टेक्नोलोजी अन्तर्गतको रहेको उनको भनाई छ।

 


अपोलो टायर्स अन्तर्गत १६ इन्चसम्म स्टील लाईट टक रेडियल टायर्स समेत रहेको छन्। जुन साधारण टायर भन्दा बढी फाईदा दिने पर्छ। गाडीको राम्रो माईलेज, डिजेलको बचत, पंन्चरबाट मुक्त र अनेक रिट्रेड अपोलो टायरका विशेषता रहेका छन्।

टायर हाउसमा मोटरसाईकल देखि जेसिविसम्मका अपोलोका टायर पाउन सकिने छन्। अपोलो टायरहरु विक्रीका लागि सुदूरपश्चिमका अन्य जिल्लामा पनि शाखा विस्तार गर्ने योजना रहेको सञ्चालकले बताएका छन्। अपोलो टायर्स लिमिटेड विश्वको एवान र सबैभन्दा ठूलो टायर उत्पादन कम्पनी हो।



सोमबार १०, फागुन २०७७ ०३:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal