बाजुरामा भारी हिमपात

समाचार

Yugnepal     1136 पटक पढिएको    

 

बाजुरा,माघ २४ ।

 


एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेका पहाडी जिल्लाहरुमा फेरी  हिमपात सुरु भएको छ । हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेको छ । बुधबार दिउँसोबाट बैतडी,बाजुरा,डडेल्धुरा लगाएतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।

बाजुराको बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले सडक ढाकिएको छ ।मौसममा खराब भई बाक्लो हुस्सु र कुहिरोले जिल्लाको पूर्वी उत्तरमा पर्ने कोल्टी एयरपोट पनि बन्द भएको छ।बुढीनन्दा नगरपालिका हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिका स्थानीय बढी प्रभावित भएका छन्। जिल्लामा हवाई सेवा पनि बन्द भएको छ।हिमपातले उच्च हिमाली क्षेत्रका शैक्षिक संस्था समेत बन्द छन्।

जिल्लाका बडिमालिका,बुढिनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर, जगन्नथ, गौमूल खप्तड छेडेदह गाउँपालिकको उच्च हिमाली क्षेत्रका शैक्षिक संस्था बन्द भएका जिल्ला शिक्षा इकाइले जानकारी दिएको छ। 



बिहिबार २४, माघ २०७५ ०७:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal