कार्यवाहक वडाध्यक्षको कोठामा प्रेमिका मृत फेला

युग संवाददाता     1009 पटक पढिएको    

कार्यवाहक वडाध्यक्षको कोठामा प्रेमिका मृत फेला

धनगढी माघ २५   - कार्यवाहक वडाध्यक्षको कोठामा प्रेमिका मृत अवस्थामा फेला परेकी छन्।

 कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीको कोठामा उनकी प्रेमिका सञ्जिता चौधरी आइतबार बिहान मृत अवस्थामा फेला परेकी हुन्। 

मृतकका दाजु रमेश चौधरीले १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी बहिनी आइतबार बिहान उनकै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेको  बताए। 

चौधरी पासो लगाएको अवस्थामा भेटिएपनि खुट्टा भुईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण हत्या गरिएको आशंका उनले गरे। 

 प्रहरीले भने घटनाबारे कुनै जानकारी नभएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले भने, ‘खै हामीलाई त्यो विषयमा केही जानकारी छैन।’

ईलाका प्रहरी कार्यालय चौमालाले भने घटनास्थल सिल गरिसकेको छ। 

घटनापछि कार्यवाहक वडाध्यक्ष चौधरी भने सम्पर्कविहीन भएको आफन्तले बताए।

हालै अर्की युवतीसँग विवाह गरेका का। वडाध्यक्ष र उनकी श्रीमती शनिबार रातिदेखि नै सम्पर्कविहीन भएको स्थानीयले बताएका छन्। 

वडाका अध्यक्ष नरेन्द्र शाहको केही महिनाअघि कोरोना भाइरसका कारण मृत्यु भएको थियो। त्यसपछि चौधरीलाई कार्यवाहक वडाअध्यक्ष दिइएको थियो। 



आइतबार २५, माघ २०७७ १२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal