तिहाईको सरकारले जनभावनाअनुसार काम गर्न सकेन’

युग संवाददाता     872 पटक पढिएको    

तिहाईको सरकारले जनभावनाअनुसार काम गर्न सकेन’
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल।

 

तनहुँ, माघ २४  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको दुई तीहाइको सरकारले जनभावनाअनुसार काम गर्न नसकेको बताएका छन् । रिपोर्टस् क्लब दमौलीमा गरेको कार्यक्रममा बोेल्दै नेता पौडेलले ओली सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको बताए ।

संसद् विघटनका विषयमा चलिरहेको विवादका विषयमा बोल्दै नेता पौडेलले आफूहरु आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा रहेको बताए । उनले कांग्रेसले संयुक्त आन्दोलनको बारेमा अहिले नसोको पनि बताए । ‘देशलाई अस्थिरतातर्फ लैजान दिनु हुँदैन । देशमा स्थायित्व र समृद्धि आवश्यक छ’, उनले भने ।

पौडेलले देश विकास नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी पनि गरे । उनले भने, ‘नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई सो अवसर प्राप्त भएको छ । कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ ।’

वरिष्ठ नेता पौडेलले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताए । पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने बताउँदै उनले माघ मसान्तभित्र क्रियाशील सदस्यता विवाद टुङ्गो लगाएर अधिवेशन गर्नेतर्फ लाग्नुपनेए बताए ।



शनिबार २४, माघ २०७७ ०६:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal