सुदूरपश्चिम प्रदेशका सीमानाका खोल्न अझै समस्या

सरकारी निर्णय

युग संवाददाता     977 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशका सीमानाका खोल्न अझै समस्या
फायल फोटो

बैतडी । भारतसंग जोडिएका बैतडीसहित सुदूरपश्चिम प्रदेशका नाकाहरू खुला गर्ने सरकारी निर्णय कार्यान्वयनमा समस्या निम्तिएको छ । सरकारले भारतसंग सीमा जोडिएका सुदूरपश्चिमका सबै नाका शुक्रबारदेखि खोल्ने निर्णय गरेको थियो ।


बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकालाई सञ्चालनमा ल्याउने निर्णय गरेपनि नाकामा अझै आवतजावत हुन नसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

‘नेपालले निर्णय गपनि भारतीय पक्षबाट नाका खोल्नेबारे अझै जानकारी आएको छैन,’ उनले भने, ‘नेपाल सरकारले बिहीबार गरेको निर्णय सहितको पत्र भारतीय स्थानीय प्रशासनलाई पठाएका छौं, उनीहरूले पनि आफ्नो माथिल्लो निकायलाई पत्राचार गरिसकेको जानकारी प्राप्त भएको छ । तर नाका खोल्नेबारे भारतीय पक्षबाट जानकारी नआउ“दा आवतजावत हुन सकेको छैन ।’

सरकारले सीमा नाका खोल्ने निर्णय गरेकाले धेरै नागरिक नाकामा पुगेका, तर उनीहरू नाकामै अलपत्र परेका छन् । नाका खुल्ने खबरले झुलाघाट नाकामा पुगेकाहरू अलपत्र परेका हुन् । सुदूरपश्चिमका सबै नाकामा भारतीय पक्षबाट नाका खोल्नेबारे अझै सहमति नआएकाले समस्या भइरहेको हो ।

नेपालका तर्फबाट नाका खोल्नेबारे कुनै समस्या नभएपनि भारतीय पक्षको निर्णय आउन बा“की रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । सरकारले गरेको निर्णय कार्यान्वयन नहु“दा नागरिकलाई भने समस्या भएको छ ।

नाका खुलेको खबरले नाकामा पुगेकाहरूले आवतजावत गर्न नपाउ“दा उनीहरू नाकाबाट फिर्ता हुनुपर्ने अवस्था रहेको छ । भारतीय पक्षको निर्णय आउने बित्तिकै नाकाबाट आवतजावत हुन सक्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यस्तै, लामो समयदेखि नाका बन्द हुँदा सीमावर्ती झुलाघाट बजारका व्यापारी पलायन हुन थालेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैतदेखि नै नाकाहरू बन्द गरेको थियो ।



बुधबार २१, माघ २०७७ ०४:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal