केपी ओलीलाई पार्टीबाट निष्कासित गर्ने प्रचण्ड–नेपाल पक्षको बैठकको एजेण्डा

युग संवाददाता     854 पटक पढिएको    

केपी ओलीलाई पार्टीबाट निष्कासित गर्ने प्रचण्ड–नेपाल पक्षको बैठकको एजेण्डा


काठमाडौं माघ १९ / रातोपाटी बाट 

नेकपा प्रचण्ड नेपाल पक्षको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका एजेण्डा प्रस्तुत गरेका छन् । 
बैठकका छलफलका एजेण्डाका रुपमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशित गर्ने प्रस्ताव तय गरिएको छ । यसैगरी शहिदप्रति श्रद्धाञ्जली, वर्तमान स्थितिको जानकारी, निर्वाचन आयोगबारे, संघर्षका कार्यक्रम र विविध एजेण्डा तय गरिएको छ। यसैगरी महासचिव विष्णु पौडेललाई निष्कासन गर्ने एजेण्डा पनि राखिएको छ ।


यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । 


ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।


नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराउन लागिएको प्रचण्ड– नेपाल समूहले बताएको छ।  

यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएरको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको छ ।केपी ओलीलाई पार्टीबाट निष्कासित गर्ने प्रचण्ड–नेपाल पक्षको बैठकको एजेण्डा

भहउयिचभकाठमाडौं बअअभकक)तष्mभमाघ १९, २०७७ अजबत)दगददभि)यगतष्लिभण्
रातोपाटी संवाददाता

नेकपा प्रचण्ड नेपाल पक्षको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका एजेण्डा प्रस्तुत गरेका छन् । 
बैठकका छलफलका एजेण्डाका रुपमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशित गर्ने प्रस्ताव तय गरिएको छ । यसैगरी शहिदप्रति श्रद्धाञ्जली, वर्तमान स्थितिको जानकारी, निर्वाचन आयोगबारे, संघर्षका कार्यक्रम र विविध एजेण्डा तय गरिएको छ। यसैगरी महासचिव विष्णु पौडेललाई निष्कासन गर्ने एजेण्डा पनि राखिएको छ ।


यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । 


ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।


नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराउन लागिएको प्रचण्ड– नेपाल समूहले बताएको छ।  

यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएरको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको छ ।



सोमबार १९, माघ २०७७ ०३:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.