छोरी बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ

युग संवाददाता     613 पटक पढिएको    

छोरी बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ


अनलाइनखबरबाट


१५ माघ, जनकपुरधाम । काठमाडौंमा आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा जनकपुरधामबाट एक व्यक्ति पक्राउ परेका छन् ।

गत माघ १३ गते आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका(५ जम्बुडाँडा बस्ने एक व्यक्तिलाई बिहीबार जनकपुरधामको रमानन्द चोकबाट पक्राउ गरिएको छ । धनुषाको कमला नगरपालिका ५ स्थायी घर भएका उनले छोरीलाई कुटपिट गर्दै बलात्कार गरेर फरार भएको भन्दै बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएकी थिइन् ।


वृत्तले उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको आधारमा खोजतलास गरिएको थियो । खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरी प्रहरी वृत्त काठमाडौं पठाइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र मिश्रले बताए ।



बिहिबार १५, माघ २०७७ ०७:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.