निर्वाचनका लागि दल दर्ताको तयारी, नेकपाका दुवै पक्षलाई आयोगले बोलायो

युग संवाददाता     1343 पटक पढिएको    

निर्वाचनका लागि दल दर्ताको तयारी, नेकपाका दुवै पक्षलाई आयोगले बोलायो

 


हाम्रा कुराबाट
 माघ १५ बिहिबार

काठमाडौं । निर्वाचन आयोगले विभाजित बनेका नेपाल कम्युनिष्ट पार्टीनेकपाका दुवै पक्षलाई शुक्रबार ११ बजे छलफलका लागि बोलाएको छ ।

निर्वाचन प्रयोजन र प्रक्रियाका लागि भन्दै दुवै पक्षका अध्यक्ष आफैं वा निजले तोकेका आधिकारिक ५ जना व्यक्तिलाई आयोगले बोलाएको हो ।


दुवै पक्षलाई निर्वाचन प्रयोजन र प्रक्रियाका लागि बोलाइए पनि प्रारम्भमा नेकपाको विवाद निरुपण र विभाजन सम्बन्धमा छलफल हुने बताइएको छ ।

सरकारले आगामी वैशाख १७ र २७ निर्वाचनको मिति तोकेपछि आयोगले दल दर्ता प्रक्रिया सुरु गर्नु अघि दुवै पक्षलाई डाकेको हो ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ नेकपा दुई पक्षमा विभाजित छ ।

प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साथै बरिष्ठ नेता माधवकुमार नेपाल दुई समूह बनाएर क्रियाशिल छन् । 

 



बिहिबार १५, माघ २०७७ ०७:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal