नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

युग संवाददाता     671 पटक पढिएको    

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

 


अनलाइनखबरबाट

११ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साढे बाह्र बजे बैठक बस्ने जानकारी दिए ।


शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो । आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने श्रेष्ठले बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको तीन दिने स्पष्टीकरण, पार्टीको महासचिव चयन, प्रदेश सरकारको अवस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने एक नेताले बताए ।



आइतबार ११, माघ २०७७ ११:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.