ताजा जनादेशमा जाने आफ्नो रहर नभई बाध्यता - प्रधानमन्त्री

युग संवाददाता     971 पटक पढिएको    

ताजा जनादेशमा जाने आफ्नो रहर नभई बाध्यता - प्रधानमन्त्री


 धनगढी पुस २४ 
 प्रधानमन्त्री केपी शर्मा ओलीले ‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री आफुरहेको दावी गरेका छन् ।  प्रधानमन्त्री ओली
 पार्टी भित्रैबाट सरकारलाई असहयोग भएकाकारणले संसद विघटन गरी ताजा जनादेशमा जाने आफ्नो रहर नभई बाध्यता भएको बताएका छन् ।
शुक्रबार कैलालीमा सुदुरपश्चिम प्रदेश समितिले आयोजना गरेको बृहत आमसभालाई सम्वोधन गदै प्रधानमन्त्री ओलीले  सरकारका हरेक काममा अवरोध भएपछि भारी मनका साथ ताजा जनादेशमा जाने निर्णय लिएको उनले कार्यक्रममा बताएका छन् ।
प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको मिति सिफारिस गरेपछि नेपाली राजनीतिमा खैलाबैला मच्चिएको थियो । भने सरकारले संसद विघटनका लागी राष्ट्रपति कार्यालय विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री ओलीले सिफारिस गरेका थिए । साथै
राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सरकारको सिफारिस अनुसार वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी चुनावको मिति घोषणा गरेकी थिइन । 

No description available.
प्रधानमन्त्री ओलाीले भने ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भन्नेहरुलाई  एक पटक संविधान पढ्न आग्रह  गरेका छन् । 
‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री म हो । मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएनन् । म ताजा जनादेशमा जान चाहन्छु भनेर सिफारिस गरेँ,’ उनले भने, ‘६४ प्रतिशतको नेता म हो, अर्को विकल्प छैन संसदमा । विकल्प नभएपछि प्रतिनिधिसभा पुनर्स्थापना संवैधानिक, व्यवहारिक, अन्तर्राष्ट्रिय प्रचलन कुनै हिसावले हुन्न ।’
उनले कुरा थप्दै भने केपी ओलीले चुनाव गर्दैन गणतन्त्रण , लोकतन्त्र, संघियता विरोधी हो भन्नेलाई देखाउन  पनि तोकिएकै मिति १७ गते र वैशाख २७  ‘चुनाव  प्रतिनिधिसभाको चुनाव हुने बताए  ।

No description available.
सबैलाई चुनावको तयारीमा लाग्न आग्रह पनि गरे । उनले भने, ‘खराब तत्वहरुलाई गाउँमै ठेगान लगाउनुपर्छ, माथि गए भने हैरान पार्छन् । त्यस्ता तच्वहरुलाई भोट नहाल्नुस् ।’



शुक्रबार २४, पुष २०७७ ०५:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.