प्रदेश १  नेकपा संसदीय दलमा राईलाई हटाएर आचार्य चयन

युग संवाददाता     964 पटक पढिएको    

प्रदेश १  नेकपा संसदीय दलमा राईलाई हटाएर आचार्य चयन

बाह्रखरी


विराटनगर । नेपाल कम्युनिस्ट पार्टी नेकपा ले प्रदेश १ मा संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ । संसदीय दलबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएर आचार्यलाई चयन गरेको बताइएको छ ।

नेकपाको संसदीय दलका ६७ सदस्यमध्ये ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई हटाएर आचार्यलाई चयन गरिएको पत्र बिहीबार प्रदेशसभामा दर्ता गराइएको छ ।


मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने सांसदलाई राईले स्पष्टीकरण सोधेका थिए । दलका उपनेता टंक आङबुहाङले यसअघि राईलाई पत्रचार गरी संसदीय दलका काम कारबाही नगर्न सचेत गराएका थिए ।

नेता आङ्बुहाङले आज बसेको बैठकले राईलाई पदमुक्त गरेर आचार्यलाई दलको नेतामा चयन गरेको जानकारी दिए ।



बिहिबार १६, पुष २०७७ ०४:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.