प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

युग संवाददाता     770 पटक पढिएको    

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै


अनलाइनखबरबाट
१५ पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा को उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक आज बस्दै छ ।

सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकपछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने योजना छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो । काठमाडौंको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अझै कडा खालको आन्दोलन गर्ने उदघोष गरेका थिए ।

प्रचण्ड–माधव समूहले हरेक दिन आन्दोलनका कुनै न कुनै कार्यक्रम जारी राख्ने निर्णय यसअघि नै गरेको थियो । आन्दोलनको क्रममा नेपाल बन्दसम्म गर्नसक्ने उसले यसअघि नै बताइसकेको छ ।

प्रचण्ड–माधव समूहले आन्दोलन परिचालन गर्न नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा समिति नै गठन गरेको छ ।



बुधबार १५, पुष २०७७ ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.