चिनियाँ राजदूत यान्छी फेरि नेकपाका नेताको दैलोदैलोमा, नेपाल र महरासँग भेट

युग संवाददाता     857 पटक पढिएको    

चिनियाँ राजदूत यान्छी फेरि नेकपाका नेताको दैलोदैलोमा, नेपाल र महरासँग भेट


काठमाडौं। नेकपा औपचारिक रुपमा अलग अलग कित्तामा उभिएर कानुनी लडाईमा पुगेका बेला नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छी फेरि सक्रिय भएकी छिन् । उनले राजनीतिक भेटघाटलाई फेरि तीव्र बनाएकी छिन् ।

नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छिन् । भेटका अवसरमा उनीहरूबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले बताएका छन् ।


चिनियाँ राजदूत होउ यान्छीले शुक्ववार नै पुर्व सभामुख कृष्णबहादुर महराबीच भेटवार्ता गरेकी छिन्। चिनियाँ राजदूत यान्छी महरालाई भेटन् उनको निवास खुमलटार पुगेकी हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बुझिएको छ । 

नेकपाको स्थायी समितिमा नियुक्त भएका महरासंग चिनियां राजदूतले सत्तारुढ दल नेकपाकाको विभाजनको कारण र फेरी एकताको सम्भावनाको वारेमा चासो राखेको स्रोतको दावी छ ।

यसअघि चिनियाँ राजदूतले नेकपाका अध्यक्ष प्रचण्ड र पुर्व उर्जामन्त्री वर्षमान पुनसँग समेत भेटवार्ता गरेकी थिईन ।



शनिबार ११, पुष २०७७ ०५:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.