निर्वाचन क्षेत्रमा श्रममन्त्रीको पुत्ला दहन

युग संवाददाता     793 पटक पढिएको    

निर्वाचन क्षेत्रमा श्रममन्त्रीको पुत्ला दहन

 

धनगढी  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीको शनिबार उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ ।

मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै नेकपा प्रचण्ड नेपाल समूहले पुत्ला दहन गरिएको हो । ‘उहाँले हामीलाई धोका दिनु भयो,’ नेकपा कैलाली जिल्ला सचिवालय सदस्य पर्सु चौधरीले भने, ‘हामीले बिरोधमा पुत्ला दहन गरेका हौँ ।’


निर्वाचन क्षेत्रमा आएर प्रधानमन्त्रीको विरोध गरेर र काठमाडौँमा गएर मन्त्री भएको प्रति आक्रोश व्यक्त गर्दै उनले निर्वाचन क्षेत्रमा बहिस्कार गर्नेसम्मको तयारी भइरहेको बताए ।

‘सबै साथीहरू रुष्ट हुनुहुन्छ’ उनले भने, ‘उहाँलाई यहाँ आउन दिनुहुन्न भन्नुभएको छ ।’

लामो समय दाहाल(नेपालको समूहमा रहेका चौधरी उक्त समूहबाट एकाएक ओली समूहमा गएर मन्त्री बनेका हुन् ।

मन्त्रीलाई गाउँपालिका अध्यक्षको चुनौती आउनोस्, चुनाव लडौं
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विस्तारित मन्त्रिपरिषदबाट उनले श्रम मन्त्रीको जिम्मेवारी पाएका थिए ।



शनिबार ११, पुष २०७७ ०४:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.