धनगढीको कैलाली अस्पतालद्वारा हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा सुरु

युग संवाददाता     2102 पटक पढिएको    

धनगढीको कैलाली अस्पतालद्वारा हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा सुरु

 


धनगढीः धनगढीको कैलाली अस्पतालले हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिय सेवा सुरु गरेको छ।

अस्पतालले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिममै पहिलो पटक हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरिएको जनाएको छ। 

अस्पतालका सञ्चालक जनकराज जोशीले हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रियाका लागि प्रदेश बाहिर धाउनुपर्ने बिरामीको बाध्यतालाई ध्यानमा राखेर सेवा सञ्चालन गरिएको जानकारी दिए। 

‘हामीले सानो मेडिकलबाट सेवा सुरु गरेका थियौँ। विस्तारै छाला सम्बन्धि, मानसिक रोग, जनरल सर्जरी, अर्थोपेडिक, युरोलोजी लगायतका सेवा विस्तार गयौँ,’ जोशीले भने, ‘हाडजोर्नी र मेरुदण्डको चोट पटक सम्बन्धि शल्यक्रिया सेवा प्रदेश उपलब्ध छैन्। यो सेवा पनि हामीले सुरु गरेका छौँ।’

सेवा सुरु गरेदेखि हालसम्म २ जनाको मेरुदण्डको सफल शल्यक्रिया समेत गरिएको जोशीले बताए।

उनले आउँदो एक महिनाभित्र एनआईसीयू र आईसीयू सेवा, मुटु रोग सम्बन्धि सेवा पनि सञ्चालन गर्ने तयारी गरिएको बताए। 

धनगढीको मुख्य सडकमा रहेको कैलाली अस्पताल अहिले झण्डै ८ करोडको लगानीमा निर्माण गरिएको आफ्नै नयाँ भवनमा सञ्चाल गरिएको छ। 

हाडजोर्नी र मेरुदण्ड सम्बन्धि सम्पूर्ण शल्यक्रिया धनगढीमै गछौँ – डाक्टर जोशी

कैलाली अस्पतालमा हाडजोर्नी तथा मेरुदण्ड रोग सम्बन्धिको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ।

अस्पतालका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर ज्ञानेन्द्र जोशीले सबैप्रकारका शल्यक्रिया सेवा धनगढीमा उपलब्ध हुने बताए।

‘मैले मेरुदण्डसँग सम्बन्धित सबै समस्याको उपचार सेवा सुदूरपश्चिमबासीलाई धनगढीमै दिने भनेर म यहाँ आएको हुँ,’ डाक्टर जोशीले भने, ‘मस्तिष्क र मेरुदण्डको शल्यक्रिया जोखिमपूर्ण हुन्छ। बिरामीलाई फाईदा बढि जोखिम कम भएको अवस्थामा हामीले सेवा दिन्छौँ।’

उनले सेवा सुरु गरेको एक हप्ताको अवधिमा अस्पतालमा हाडजोर्नी तथा मेरुदण्ड सम्बन्धिका विरामीलाई सेवा दिइएको बताए। ती मध्ये २ जनाको सफल शल्यक्रिया गरिएको बताए। 



बुधबार ०८, पुष २०७७ ०५:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal