प्रचण्ड–माधव समूहको प्रस्ताव ओलीलाई हटाएर माधव नेपाल अध्यक्ष

युग संवाददाता     856 पटक पढिएको    

प्रचण्ड–माधव समूहको प्रस्ताव  ओलीलाई हटाएर माधव नेपाल अध्यक्ष

 


अनलाइनखबरबाट 

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  नेकपा को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ । नयाँ अध्यक्ष माधवकुमार नेपाल बन्नेछन् ।

आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक अगाडि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई बनाउने निर्णय गरेको छ । पार्टीको विधान अनुसार प्रचण्डसँगै नेपालले आलोपालो अध्यक्षता गर्नेछन् ।

महासचिव भने तोकिएको छैन । विष्णु पौडेल अध्यक्ष ओली समूहले बोलाएको बैठकमा गएका छन् । प्रचण्ड–माधव समूहका नेताहरुले महासचिव पौडेल नै बैठकमा आउने अपेक्षा गरिएको बताए । उनी नआए अध्यक्षले माइन्यूट उठाउने छन् ।



मङ्गलबार ०७, पुष २०७७ ०२:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.