संसदीय दलमा ओलीको बहुमत छैन, नेता बन्न योग्य हुनुहुन्न  - नेपाल

युग संवाददाता     856 पटक पढिएको    

संसदीय दलमा ओलीको बहुमत छैन, नेता बन्न योग्य हुनुहुन्न  - नेपाल

 


अनलाइनखबरबाट साभार

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको निर्णय असंवैधानिक भएकाले मान्य नहुने बताएका छन् ।

संसद भवन वानेश्वरमा बोलाइएको नेकपा सांसदहरुको बैठकमा भाग लिन पुगेका नेता नेपालले संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताए । प्रधानमन्त्रीले निरंकुश तरिका अवलम्बन गरेको भन्दै उनले भने, यसको विरोध गर्छौं र संसद विघटित भएको ठान्दैनौं ।’

प्रधानमन्त्रीले गरेको असंवैधानिक परिसर राष्ट्रपतिले स्वीकार गर्नु खेदजनक भएको समेत उनले बताए । राष्ट्रपतिज्यूले जुन हिसावले स्वीकार गर्नुभयो, त्यो खेदजनक छ’ उनले भने, ‘ बाटोमा हिँड्दाहिँड्दै निर्णय गर्नुभयो भने मान्दिने रु’

असंवैधानिक निर्णयको प्रतिवादका लागि संवैधानिक र राजनीतिक उपायहरु खोजिने उनले बताए । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाका बहुमत सदस्य बहुमत संसद विघटनको विपक्षमा रहेको भन्दै उनले भने, ‘प्रतिनिधिसभाको ९० जनााको हस्ताक्षर भइसकेको छ । दुईमन्त्री, रघुवीर महासेठ लगायत जोड्दा ९५र१०० जना हुन्छ राष्ट्रियसभामा पनि २४ हस्ताक्षर भइसकेको छ ।’

उनले अघि भने, ‘संसदीय दलमा पनि उहाँ बहुमतमा हुनुहुन्न, नेतामा रहन योग्य हुनुहुन्न ।’



सोमबार ०६, पुष २०७७ ०५:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.