एक व्यक्तिको लहडले पार्टीको संरचना फेरिंदैन, एकता भत्किंदैन प्रचण्ड

युग संवाददाता     854 पटक पढिएको    

एक व्यक्तिको लहडले पार्टीको संरचना फेरिंदैन, एकता भत्किंदैन प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र  एकतालाई भत्काउन नसक्ने बताएका छन् ।


संसद विघटन भएको दोस्रो दिन सोमबार विज्ञप्ति निकाल्दै उनले एक व्यक्तिको लहडले पार्टीको संरचना नफेरिने बताएका हुन ।


एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वविरुद्ध एकतावद्ध भएर उभिन पनि उनले नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

प्रधानमन्त्री ए‌ंव नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीलाई कारवाहीको लागि सिफारिस भइसकेको उल्लेख गर्दै उनले नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

उनले विज्ञप्तिमा भनेका ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु ।’ हाम्राकुराबाट 



सोमबार ०६, पुष २०७७ १२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.