प्रचण्ड नेपाल पक्षका सात मन्त्रीले दिए राजीनामा

युग संवाददाता     1512 पटक पढिएको    

प्रचण्ड नेपाल पक्षका सात मन्त्रीले दिए राजीनामा


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका ७ जना  मन्त्रीले सामूहिक राजीनामाको घोषणा गरेका छन्।

आफु पक्षका नेताको निर्देशनपछि उनीहरुले पत्रकार सम्मेलन गरी राजिनामा दिएका हुन्। राजीनामाको घोषणा गर्ने मन्त्रीहरुमा योगेश भट्टराई, गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, शक्ति बस्नेत, वर्षमान पुन, बिना मगर र रामेश्वर राय यादब छन्।

केही मन्त्रीको विरोधका बाबजुद  ओलीले आइतबार बिहान प्रतिनिधिसभा विघटनका लागि राष्ट्रदेवी विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका  थिए। दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस अनुमोदन गरेकी थिइन्।

 देशसञ्चारबाट साभार 



आइतबार ०५, पुष २०७७ ०५:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal