भारतको मनिपुरबाट १४७ महिलासहित १७९ नेपालीकोभारत

१४७ महिला भारत बाट उद्धार

Yugnepal     792 पटक पढिएको    

भारतको मनिपुरबाट १४७ महिलासहित १७९ नेपालीको उद्धार

युग   माघ २४ बिहीबार  
काठमाडौं । नेपालका विभिन्न जिल्लाबाट भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका १ सय ७९ जनाको भारतको मनिपुरस्थित इनफालबाट उद्धार गरिएको छ । वैदेशिक रोजगारीको नाममा इनफाल पुर्याइएका ३२ पुरुष र १ सय ४७ जना महिलाको भारतमा उद्धार गरिएको नेपाल प्रहरीको आईजीपी सचिवालयका एसपी रामदत्त जोशीले जानकारी दिए । 

भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सिलर ९सहचारी० तथा नेपाल प्रहरीका एसएसपी प्रकाश अधिकारी नेतृत्वको टोलीले बुधबार साँझ उनीहरुको उद्धार गरेको हो । उद्धार गरिएकाहरुलाई नेपाल ल्याउने आवश्यक प्रक्रिया भइरहेको र यस सम्बन्धमा थप अन्य अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।



बिहिबार २४, माघ २०७५ ०५:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.