वडा कार्यालयको शिलालेखमा नाम नराखेको भन्दै उपमेयरद्धारा ढुंगा प्रहार

युग संवाददाता     1425 पटक पढिएको    

वडा कार्यालयको शिलालेखमा नाम नराखेको भन्दै उपमेयरद्धारा ढुंगा प्रहार

धनगढी  कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार बिहान वडा नम्बर ५, ७ र १२ का वडा कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम थियो । मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को भवन उद्घाटन गरेलगत्तै उपमेयर प्रेमकुमारी थापाले शिलालेखमा आफ्नो नाम नराखेको भन्दै शिलालेखमा ढुंगा प्रहार गरेकी छिन् ।

मेयर चौधरीले ‘मर्यादाको पनि हद हुन्छ नि’ भन्दै ढुंगा प्रहार नगर्न आग्रह गरेपनि उपमेयर थापाले भने ‘कसरी मर्यादा’ भन्दै ढुंगा प्रहार गरेकी थिईन् । मेयर, वडा अध्यक्ष र सदस्यको नाम भए पनि आफ्नो नाम छुटाएकोले विरोध जनाएको उपमेयर थापाले बताइन् ।

वडा नम्बर ७ का वडा सदस्य देवचरण चौधरीका अनुसार शिलालेखको विषयलाई लिएर हात हालाहालको अवस्था सिर्जना भएपनि उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।



आइतबार ०२, कार्तिक २०७७ १२:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal