महासंघको सुचना तथा प्रचार बिभाग सुदुरपश्चिम संयोजकमा बस्नेत

Yugnepal     1224 पटक पढिएको    

महासंघको सुचना तथा प्रचार बिभाग सुदुरपश्चिम संयोजकमा बस्नेत

 ।  नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय समितिले नेपाल प्रेस युनियनका पार्षद दीपेन्द्र बस्नेतलाई सुचना तथा प्रचार बिभागको सुदुर पश्चिम प्रदेश संयोजकमा मनोनीत गरेको छ ।
नेपाल प्रजातान्त्रिक महासंघको शनिबार बसेको बैठकले पत्रकार महासंघ सुदुर पश्चिमका पार्षद समेत रहेका नेपाल प्रेस युनियनका प्रदेश पार्षद बस्नेतलाई सुचना तथा प्रचार बिभागको संयोजकमा मनोनयन गरि जिम्मेवारी दिइएको नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय सदस्य एवं सुचना तथा प्रचार बिभाग संयोजक रोजी ढकालले बताइन ।
कञ्चनपुरको दक्षिणी क्षेत्रलाई कर्म क्षेत्र बनाएर बिगत लामो समय देखि पत्रकारिता गर्दै आएका बस्नेत २०५१ मा नेबिसंघ कञ्चनपुरको उपाध्यक्ष समेत रहेका थिए । २०५८ देखि पत्रकारिता गर्दै आएका बस्नेत नागरिक आवाज साप्ताहिक पत्रीकाका सम्पादक रहेका छन । नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश पार्षद बस्नेत नेपाल प्रेस युनियनका प्रदेश पार्षद समेत रहेका छन् ।



आइतबार १८, असोज २०७७ ०४:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal