आठ दिनपछि सम्झना कामीको दाहसंस्कार

Yugnepal     639 पटक पढिएको    

आठ दिनपछि सम्झना कामीको दाहसंस्कार

बझाङ । बलात्कारपछि हत्या गरिएकी  मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा  २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन् । 


 शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारवाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताए । 
मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शव जलाउने सहमति भएको र गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई रु  १० लाख  दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए । 



शुक्रबार १६, असोज २०७७ १२:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.