सुदूरपश्चिममा ८६ प्रतिशत कोरोना संक्रमित निको भए

युग संवाददाता     1283 पटक पढिएको    

सुदूरपश्चिममा ८६ प्रतिशत कोरोना संक्रमित निको भए

 सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत कोरोना संक्रमित निको भएर घर गएका छन् ।

 सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीको तथ्याङ्क अनुसार मंगलबार सम्म सुदूरपश्चिममा ६ हजार ७ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ हजार ७ सय ६७ जना निको भएर घर गएका छन् ।

 प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या  ८६ दशमलव शुन्य १ प्रतिशत रहेको छ ।

 सुदूरपश्चिम प्रदेशमा हाल सम्म ८० हजार ९७ जनाको स्वाव संकलन गरिएकोमा ७८ हजार ६ सय ६८ स्वाव पिसिआर विधिबाट परिक्षण गरिएका छन् ।

 परिक्षण भएका मध्य जसमध्य ७१ हजार ९ सय ८३ नमूनाको नतिजा नेगेटिभ रहेको छ, भने १ हजार ४ सय ९ स्वाव परिक्षण हुन बाँकी रहेका प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।



बुधबार ०७, असोज २०७७ १२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.