कांग्रेस सभापति देउवा आइसोलेसनमा सत्तारुढ दलसँगको वैठक स्थगित

युग संवाददाता     1035 पटक पढिएको    

कांग्रेस सभापति देउवा आइसोलेसनमा सत्तारुढ दलसँगको वैठक स्थगित


युग संवाददाता /काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बुधवारबाट आइसोलेसनमा बसेका छन्। आफ्नो नीजि सचिवालयमा कार्यरत एक व्यक्तिमा बुधवार कोरोना पुष्टि भएपछि कांग्रेस सभापति देउवा आइसोलेसनमा बसेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। 

देउवाको निजी सचिवालयमा कार्यरत ति संक्रमित व्यक्ति पनि बुढानिलकण्ठस्थित देउवाकै निवासमा होम आइसोलेसनमै रहेका छन्। उनलाई केहि दिनअघी ज्वरो आएपछि परिक्षण गरिएको थियो। परिक्षणका क्रममा कोरोना पोजेटीभ देखिएपनि अहिले भने कुनै लक्षण नदेखिएको भानु देउवाले जनाए। 

संक्रमित ब्यक्ति एकै घरमा रहेर कार्यरत रहेका कारण सभापति देउवा आइिसोलेसनमा गएको पनि उनले बताए। संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिने स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

देउवा होम आइसोलेसनमा बसेसँगै संवैधानिक निकाय र विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको स्वकीय सचिव देउवाले जानकारी दिए । कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठकमा सहभागी हुने जानकारी प्रधानमन्त्री केपी ओलीलाई पठाइएको उनले बताए । 

कांग्रेस महामन्त्री डा शशांक कोइराला भने कोरोना संक्रमण भएर लक्षण देखिएपछि भदौ ३० गते अस्पताल भर्ना भएका छन्। उनलाई भदौ २३ गते कोरोना पुष्टी भएको थियो। 



बिहिबार ०१, असोज २०७७ ११:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal