कैलालीको घोडाघोडी नगरपालिकामा अवैध सालको गोलिया सहित ५ जना पक्राउ परेका छन । घोडाघोडी नगरपालिकामा वडा नम्बर ५ को छुट्टा छुट्टै स्थानबाट बनको टोलीदे ७७।१५ क्युफिट काठ बरामद गरेको छ ।
घोडाघोडी नगरपालिकामा वडा नम्बर ५ सरैया स्थित वीर बहादुर मल्ल ९बिरेन्द्र ०को घरमा काठ चिरान गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा टोली त्यहा पुगेको सबडिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले बताएका छन् ।
सबडिभिजन वन कार्यालय सुखडवाट गएको टोलिले चिरान गरिहेको ५।७८ क्यु फिट सालको ९ थान कडि सहित जालुराम चौधरी, भिट्टु डगौरा, असोक चौधरी, प्रदेसी चौधरी र भिसराम चौधरी लाइ पक्राउ गरेको सबडिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले जानकारी दिएका छन । काठ चिरानका मुख्य नाइके भनिने वीर बहादुर मल्ल बिरेन्द्र भने फरार रहेका छन् ।
त्यसैगरि टोलिले वडा न ५ बाटै ५ थान ७१।३७ क्यु फिट का गोलिया समेत बरामत गरेको छ ।
लकडाउनका कारण अदालतबाट म्याद थप नहुने हुदा पक्राउ परेकाहरलाइ जिम्मा जमानीमा छोडिएकाले खुलेपछि अदालतमा पेश गरिने कार्यालय प्रमुख थापाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस