लकडाउनमा के गर्न पाइन्छ, के गर्न पाइदैन

Yugnepal     663 पटक पढिएको    

  कोरोना संक्रमण रोगथाम गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ ४ गते राती १२ बने देखी लकडाउन गर्ने निर्णय गरेको छ ।

 प्रशासनले गरेको लकडाउन पछि जिल्लामा खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा मासु, लगायत अत्यावश्यक वस्तुका हकमा भने बिहान ५ बजे देखी ९ बजे सम्म ४ घण्टाका लागि बजार खुला गरीने छ । यसै गरी अत्यावश्व सेवामा खटिने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले परिचय खुल्ने गरी यातायातका साधन चलाउन पाउने छन् । यस्तै नियमित परम्परागत रुपमा सञ्चालन हुने आन्तरिक पूजा गर्न पाइने जिल्ला प्रशासन कैलालीले जनाएको छ ।

  तर सामुहिक रुपमा भेलागर्न नपाईने, अनुमति विना जिल्ला भित्र र बाहिर सवारी चलाउन नपाइने, लकडाउन अवधीभर कुनैपनि प्रकारका मेला, पर्व महोत्सव, जात्रा तथा सामुहिक भेला गर्ने कार्यमा भने पूर्ण प्रतिबन्ध गरिएको छ ।



बिहिबार ०४, भदौ २०७७ ०२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.