प्रदेशको अस्थायी राजधानी धनगढी डुवानमा

Yugnepal     1354 पटक पढिएको    

प्रदेशको अस्थायी राजधानी धनगढी डुवानमा

धनगढी । कैलालीमा विहानैदेखि अविरल वर्षा भएको छ । वर्षाले प्रदेशको अस्थायी राजधानी धनगढीका दर्जनौ स्थान डुवानमा परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका २ ...

नगढीमा शिवनगर क्षेत्र अझ बढी प्रभावित मानिन्छ । शिवनगरमा पूर्व सामाजिक विकासमन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारी र इन्सेकका क्षेत्रीय प्रमुख खड्कराज जोशीको घर वरपर पनि डुवान परेको छ ।असोजको वर्षाले कैलाली डुवानमा ...

मेरो घरमा पानी थामिएन भने म सहित धेरैका घरमा पानी पस्ने सम्भावना छ प्रदेश सभा सदस्य सोडारीले भने केहीको घरमा पानी पसिसकेको छ ।

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम अव्जरवर बृजलाल चौधरीका अनुसार आज कैलालीमा विहान ८ः४५ बजेसम्म ५४।३ मिलिमिटर वर्षा भएको छ । कैलालीमा यसअघि साउन १५ गते सबैभन्दा बढी १९८।३ मिलिमिटर वर्षा भएको थियो ।
हेर्नुस धनगढीको शिवनगर र हसनपुर क्षेत्रको डुवान


कैलालीको सबैभन्दा बढी डुवान क्षेत्र मानिने कैलालीको भजनी क्षेत्रमा पनि पानी परेको छ ।

पानी परेर डुवानमा पर्ने चिन्ताले त्यहाँका सर्वसाधारणहरु चौपाया सहित हुलाकी सडकमा त्रिपाल हालेर बस्न थालेको संविधान सभाका सदस्य हरी श्रीपाइलीले वताए ।
भजनी क्षेत्रमा विहान २ बजेदेखि पानी पर्न थालेको उनले वताए ।

भजनी नगरपालिका ८ सोनहाफाँटाका सर्वसाधारण बाढी आउने डरले अझ बढी आतंकित भएको भजनी नगरपालिकाकी कार्यपालिका सदस्य कमला ज्ञवालीले वताइन । 

कैलालीको अत्तरियामा भारी वर्षा, चोक ...



सोमबार २६, साउन २०७७ ०५:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.