अध्यक्ष मल्लद्धारा बाढीपहिरो पिडित परिवारलाई सहयोग

Yugnepal     2958 पटक पढिएको    

अध्यक्ष मल्लद्धारा बाढीपहिरो पिडित परिवारलाई  सहयोग


प्रदिप मलासी 

 बझाङ्गको केदारस्यु गाउपालिका ८ मल्लेसी गाउका पहिरो पिडितलाई शिक्षक संघ बझाङ्गका अध्यक्ष उत्तम बहादुर मल्ल द्घारा साठी हजार रुपियाको  चेक राहत स्वरुप हस्तान्तरण गरेका छन । बिपद व्यवस्थापन समिति मल्लेसी गाउका अध्यक्ष सुरेश जेठारा र बयबृद्घ कैले जेठारालाई संयुक्त हस्तान्तरण गरेका हुन । 
२०३४ देखि २०३९ साल सम्म मल्लेसी गाउको कैलाश प्रा बि मा आफनो बुवा बिर व मल्लले प्रधानाध्यपक रुपमा काम गरेकै  गाउमा  दैबिक प्रकोपको रुपमा पहिरो ले गाउ बासीलाई ठुलो पिडा थपेको भन्दै मनमा दयाको भावना जागेको व्यक्तिगत रुपमा यो सानो मलम पट्टी गर्न पुगेको अध्यक्ष मल्लले बताए 
  असार १९ गते राती परेको अविरल वर्षाका कारण मल्लेसी  गाउको माथी भाग वाट पहिरो गएर २२ घर पूर्णरुपमा क्षति हुनुका साथै ७ जनाले ज्यान गुमाए पछि मल्लेसी गाउ सोकमा परिणत भएको हो ।



आइतबार १८, साउन २०७७ ०४:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal