योजना तथा बजेट शाखा प्रमुखको कुर्सीमा दिसा राखेको भेटिएपछि हंगामा

Yugnepal     1123 पटक पढिएको    

योजना तथा बजेट शाखा प्रमुखको कुर्सीमा दिसा राखेको भेटिएपछि हंगामा

 

धनगढी- धनगढी उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा दिसा राखेको भेटिएपछि हंगामा भएको छ। बिहिबार बिहान शाखा प्रमुख जोशीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा दिसा भेटिएपछि उप–महानगरपालिकामा हंगामा भएको हो।

कुर्सीमा बसेको केही समयपछि जोशीले दिसा राखेको थाहा पाएका थिए। तर दिसा कस्ले र किन राख्यो भन्ने कुरा खुलेको छैन्। तर उप–महानगरपालिकाका प्रशासकिय अधिकृत सुरेन्द्र कार्कीको संयोजकत्वमा शुक्रबार उप–महानगरपालिकाले योजना शाखा प्रमुख जोशीको कुर्सीमा दिसा भेटिएको विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

समितिलाई सात दिन भित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटाले कार्यालयले आन्तरिक रुपमा उक्त सन्दर्भमा वास्तविक के हो रु भनी अध्ययन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको बताए।



शुक्रबार ०९, साउन २०७७ ०६:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal