अबैधकाठ   प्रहरी नियन्त्रणमा ट्याक्टर सहित ५ जना पक्राउ

Yugnepal     1036 पटक पढिएको    

अबैधकाठ   प्रहरी नियन्त्रणमा ट्याक्टर सहित ५ जना पक्राउ

   प्रहरीले अबैध काठ सहित ट्याक्टर र त्यसमा संलग्न ५ जनालाई नियन्त्रणमा लगेको छ ।

    धनगढी साउन ७ जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले धनगढी उपमहानगरपालिकाको देवरीयामा धनगढी ७ का नरेश चौधरी, बिनु चौधरी, बिरबहादुर चौधरी सहित से २ त ७२, से १ त ५३७३ र से २ त १८५३ नम्बरका ट्याक्टर  पक्राउ गरिएको प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए ।

     उनका अनुसार ट्याक्टरमा १ सय ९५ दशमलब ८८ क्युफिट काठ रहेको थियो ।  काठ, ट्याक्टर र त्यसमा संलग्न ३ जनालाई आवश्यक कार्वाहीका लागि जिल्ला वन कार्यालय कैलाली पठाईएको छ ।

     यसैगरी धनगढी उपमहानगरपालिका ६ जाली स्थित करन चौधरीको घर नजिक लुकाई राखेको अबस्थामा  बिभिन्न साईजका चिरान गरि राखिएका ९ वटा गोलिया र बिभिन्न साईजका १ सय २२ कडी बरामद गरिएको प्रहरी नायव उपरिक्षक बिष्टले जानकारी दिए ।

  सोही क्रममा धनगढी ६ जालीकै करन चौधरी र सुरज चौधरीलाई समेत पक्राउ गरि काठ सहित उनीहरुलाई आवश्यक कार्वाहीका लागि वन कार्यालय पठाईएको बिष्टले बताए ।



बिहिबार ०८, साउन २०७७ ११:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.